गौहत्याविरुद्ध माइतिघरमा विद्यार्थीहरूले गरे प्रदर्शन

काठमाडौं— कानुनका विद्यार्थीहरूले राष्ट्रिय जनावर गाई मार्नेलाई कारबाहीको माग राख्दै काठमाडौंमा प्रर्दशन गरेका छन् ।
मंगलबार ‘गाई मार्न पाइँदैन, कानुनको पालना गर’लगायतका नारासहित काठमाडौंको माइतिघरमा विरोध प्रर्दशन गरेका हुन् । उक्त प्रदर्शनमा सहभागी विद्यार्थी सुशान्त आचार्यले गाई मारेर खाने कार्य भइरहेको बेला सरकार टुलुटुलु हेरेर मात्र बसेको आरोप लगाए ।
‘गाईको हत्या भएको सरकार हेरेर मात्र बसिरहेको छ, सरकारलाई कानुन पढाउने हिसाबले हामी यहाँ आएका हौँ,’ उनले भने । उनले गाई मार्नेलाई कानुन बमोजिम कारबाही गर्नु पर्ने बताए ।
गाई जस्तो राष्ट्रिय जनावरलाई मारेर पाप गरेको त्यस्तो व्यक्तिलाई सरकारले केही नगरे आफूहरूले नछोड्ने उनीहरूको माग थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० १४:५०