मौसम : देशभर मध्यम वर्षाको सम्भावना बुधबार, भदौ १३, २०८०

बुधबार पूर्णिमा व्रतको दिन तपाईंको राशिफल बुधबार, भदौ १३, २०८० भदौ १३ गते बुधबार । साउन शुक्ल चतुर्दशी । पञ्चाङ्ग अतिगंड वणिज धनिष्ठा । पूर्णिमा व्रत । विश्व बेपत्ता विरुद्धको दिवस ।

नेपालको अस्कर कमिटीले माग्यो चलचित्र मंगलबार, भदौ १२, २०८० एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औं संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागिताका लागि नेपालस्थित कमिटीले आह्वान गरेको छ ।

कैलालीमा हैजाको बिरामी फेला मंगलबार, भदौ १२, २०८० कैलालीको गौरीगंगा नगरपालिका–११ मसुरिया गाउँकी एक महिलामा हैजाको जीवाणु फेला परेको छ ।

सुन तस्करी प्रकरण : सूचना संकलन गर्न सीआईबीका एसएसपीलाई हङकङ पठाइँदै मंगलबार, भदौ १२, २०८० ६० किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको संलग्नता देखिएपछि इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकृतलाई सूचना संकलनका लागि हङकङ पठाउने भएको छ ।

बिहीबारदेखि प्रज्ञा भवनमा गाईजात्रा मंगलबार, भदौ १२, २०८० चर्चित हास्य कलाकारले यस वर्षको गाईजात्रा पनि नेपाल प्रज्ञा प्रतिष्ठानको भवन गर्ने भएका छन् ।

समाजवादीका ललितपुर जिल्ला कमिटीका नेताकार्यकर्ता एमाले प्रवेश मंगलबार, भदौ १२, २०८० नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला कमिटी सदस्य दिनेश घिमिरे, युवा संघ नेपालका केन्द्रीय सदस्य विदिप सिलवाललगायतका नेताकार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

उदयपुरमा डेंगु संक्रमित सुत्केरीको मृत्यु मंगलबार, भदौ १२, २०८० रौतामाई गाउँपालिका–७ की ४२ दिनकी एक सुत्केरीको डेंगु संक्रमणका कारण मृत्यु भएको छ । गाउँपालिकाका अनुसार डेंगु संक्रमणबाट मृत्यु हुने महिला रौतामाई–७ शिखर गाउँकी २४ वर्षीया सुमित्रा मगर हुन् ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू मंगलबार, भदौ १२, २०८० बहुप्रतीक्षित विद्युत् विधेयक–२०८० लाई सरकारले संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले सो विधेयकलाई पारित गरी संघीय संसदमा पेस गर्ने निर्णय गरेको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका अनुसार सो विधेयक मंगलबारको बैठकले पारित गर्दै संघीय संसदमा पेस गर्न ऊर्जा मन्त्रालयलाई अनुमति प्रदान गरेको...
संस्कृत र भानु नाम हटाएर ‘दरबार हाइस्कूल’ राख्ने काठमाडौं महानगरको तयारी मंगलबार, भदौ १२, २०८० काठमाडौं महानगरपालिकाले ऐतिहासिक दरबार हाइस्कूलको हाताभित्र सञ्चालित २ विद्यालयलाई एक बनाएर पुरानै अस्तित्वमा फर्काउने जनाएको छ ।

एमसीसीका उपाध्यक्ष अलफोर्ड काठमाडौंमा मंगलबार, भदौ १२, २०८० मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी (अमेरिकी अनुदान परियोजना) का उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार काठमाडौं आइपुगेका छन् ।
बाग्मती प्रदेश सभा बैठक आह्वान मंगलबार, भदौ १२, २०८० बाग्मती प्रदेश सभा बैठक सोमबार साढे १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

श्रमिकको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग मंगलबार, भदौ १२, २०८० नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले सरकारले नै श्रमिकको ज्यालामा विभेद गरेको भन्दै न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने माग गरेको छ ।









