
काठमाडौं— चर्चित हास्य कलाकारले यस वर्षको गाईजात्रा पनि नेपाल प्रज्ञा प्रतिष्ठानको भवन गर्ने भएका छन् ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी हास्य कलाकारले बिहीबार, शुक्रबार र आइतबार गाईजात्रा प्रस्तुत जानकारी दिएका हुन् ।
जात्रा ब्रान्ड वर्थ प्रा.लि.को आयोजनामा हुने गाईजात्राको तयारी अन्तिम चरणमा पुगेको प्रा.लि. का प्रोपाइटर मोहन गजुरेलले बताए ।
आफूले गरेको गाईजात्रा चौथो पुस्तासँगको भएको बताउँदै उनले पुस्ता हस्तान्तर कसरी हुन्छ भन्ने नेताहरूलाई देखाइदिने बताए ।
उनले भने,‘मैले गरेको गाईजात्रा चौथो पुस्तासँगको हो । राजपाल हाडा दाई, मोहन दाई, हरि दाई, सन्तोष दाई तीते, जिरे, मेरी बास्सै र यो समेत गरेर मेरो यो चौथो पुस्तासँगको गाईजात्रा हो । पुस्ता कसरी हस्तान्तरण हुन्छ भनेर हामी नेताहरूलाई देखाइन्छौं ।’
संस्कृतिको निरन्तरता र पुस्ता हस्तान्तरण गाईजात्राको प्रमुख उद्देश्य भएको उनको भनाइ छ ।
त्यसैगरी हास्य कलाकार शैलेन्द्र सिंमखडाले गाईजात्रा डबलीबाट रङ्गमञ्चमा २०३३ सालमा पुगेको बताए । आफूले २०३७ सालबाट गाईजात्रा गर्ने गरेको भए पनि बीचमा कोरोनाको कारण २ वर्ष डिजिटल माध्यमबाट गाईजात्रा देखाएको बताए ।
कार्यक्रम प्रज्ञा भवनमा बिहीबार दिउँसो र बेलुका गरी २ शो र शुक्रबार एक शो र आइतबार २ शो प्रस्तुत हुनेछ ।