समाजवादीका ललितपुर जिल्ला कमिटीका नेताकार्यकर्ता एमाले प्रवेश

काठमाडौं— नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला कमिटी सदस्य दिनेश घिमिरे, युवा संघ नेपालका केन्द्रीय सदस्य विदिप सिलवाललगायतका नेताकार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।
उनीहरूलाई मंगलबार पार्टी मुख्यालय च्यासलमा एमाले महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराएका हुन् ।
युवा विद्यार्थी विशेष जिल्ला कमिटीको आयोजनामा भएको सो कार्यक्रममा कागेश्वरी मनोहरा नगर कमिटी सदस्य मुक्ति खड्का, कोटेश्वर बहुमुखी कमिटी कोषाध्यक्ष आदित्य खड्कालगायतका नेता एमाले प्रवेश गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० २१:०१