News Griha :: न्यूजगृह
बाग्मती प्रदेश सभा बैठक आह्वान

मकवानपुर— बाग्मती प्रदेश सभा बैठक सोमबार साढे १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सोही दिनको साढे ११ बजे संसद् सचिवालयमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर अपराह्नमा बस्ने संसद् बैठकको लागि कार्यसूची तयार पार्ने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

गत असार २१ गते बसेको प्रदेश सभाको बैठकले सरकारको विभिन्न २ वटा विधेयक पारित गरेपछि अर्को सूचना जारी नभएसम्मको लागि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरेका थिए ।

उक्त दिन बस्ने बैठकमा प्रदेश सभाका सदस्यलाई उपस्थित हुन सूचना पठाइएको पनि प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १९:४१
Weather Update