शेयर बजारमा कारोबार रकम खुम्चियो
काठमाडौं । साताको तेस्रो दिन शेयर बजार ५.०५ अंकले घटेको छ । मंगलबार बजारमा आएको सुस्ततासँगै कारोबार रकम पनि खुम्चिएको छ ।
मंगलबार २७८ कम्पनीको २९ हजार ६४० वटा कारोबारबाट ४० लाख ६ हजार ७३९ कित्ता शेयर किनबेच भएको थियो ।
जसमा ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँ मात्रै कारोबार भएको छ । बजारमा गिरावट आए पनि कुथेली बुखारी स्मल हाइड्रोको सकारात्मक सर्किट लागेको छ । यसैबीच स्वाभिमान लघुवित्त, सामलिङ पावर, अपर सोलु हाइड्रोसहितका धितोपत्रको मूल्य घटेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० १५:२९