News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको छोरीले हरेक मिटिङमा बस्न कसरी पाउँछ ? : सांसद सिंह

काठमाडौं— स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गणतन्त्रमा नेतातन्त्र कसरी भयो ? भन्दै प्रश्न गरेका छन् । 

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले हरेक बैठकमा प्रधानमन्त्रीको छोरीलाई सहभागी गरिने गरेकोमा आपत्ति जनाउँदै गणतन्त्रमा नेतातन्त्र कसरी भयो भन्दै प्रश्न गरे ।

‘गणतन्त्र भनेको जनताको शासन हो, गणतन्त्रमा नेतातन्त्र कसरी भयो ? नेताको छोरी या प्रधानमन्त्रीको छोरीले हरेक मिटिङमा बस्न कसरी पाउँछ ? प्रश्न गर्न चाहान्छु,’ उनले भने ।

यस्तै, उनले नेता र उनीहरूको बच्चाबाट गणतन्त्र खतरा र भ्रष्टाचारको जरा सुरु भएको बताए । उनले भ्रष्टाचारको काण्ड सबै खोल्ने तर टुङ्गोमा किन पुुग्दैन् ? भन्दै प्रश्न गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १४:०१
Weather Update