News Griha :: न्यूजगृह
एमसीसी कार्यान्वयनमा जाने केपी ओलीको दाबी
एमसीसी कार्यान्वयनमा जाने केपी ओलीको दाबी बुधबार विराटनगरमा पत्रकारसँग अध्यक्ष ओलीले १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो भएको भन्दै संसदबाट अनुमोदन भइसकेकाले एमसीसी कार्यान्वयनमा जाने दाबी गरेका हुन् ।
माछापुच्छ्रे बैंकको लाभांश घोषणा, कति पाउँदैछन् बोनस ?
माछापुच्छ्रे बैंकको लाभांश घोषणा, कति पाउँदैछन् बोनस ? माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । बुधबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट शेयर धनीलाई नगद र बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 
६० किलो सुन प्रकरणमा दुःख दिएको भन्दै भन्सार विभागका कर्मचारीले मागे सामूहिक सरुवा
६० किलो सुन प्रकरणमा दुःख दिएको भन्दै भन्सार विभागका कर्मचारीले मागे सामूहिक सरुवा पछिल्लो समय ६० किलो सुन भन्सार छली विमानस्थलबाट बाहिर निस्केपछि राजस्व अनुसन्धान विभागले बरामद गरेको घटनामा आफूहरूलाई दुःख दिएको भन्दै सामूहिक सरुवाको माग गरेका हुन् ।
झुट बोल्ने र बेइमानी गर्ने काम माओवादीले गरेको छ : अध्यक्ष ओली
झुट बोल्ने र बेइमानी गर्ने काम माओवादीले गरेको छ : अध्यक्ष ओली बुधबार विराटनगरमा पत्रकारसँग अध्यक्ष ओलीले कोशी प्रदेश सरकारलाई समर्थन गरेको भए राप्रपाले सार्वजनिक रुपमा भन्नु पर्ने तर्क गरे । उनले सत्ता पक्ष र त्यसमा पनि झुट बोल्ने तथा बेइमानी गर्ने काम माओवादीले नै गरेको बताए । 
प्रधानमन्त्रीसँग बेलायतका राजदूतले गरे भेटवार्ता
प्रधानमन्त्रीसँग बेलायतका राजदूतले गरे भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी हुनाका साथै दुई देशबीच सहयोगका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए ।
काठमाडौं फर्किएका एमाले नेताहरू जनकपुर पुगे
काठमाडौं फर्किएका एमाले नेताहरू जनकपुर पुगे सिरहाको सर्रे अम्बासमा हुने पार्टीको सचिवालयको बैठकमा भाग लिन जाने क्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरू चढेको जहाज प्राविधिक समस्याका कारण काठमाडौं फर्किएको थियो । 
पहिरोमा जिप पुरिँदा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो
पहिरोमा जिप पुरिँदा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो सुख्खा पहिरोमा परी जिप पुरिँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । पाल्पा–गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका–२ देउरालीको सडकमा बुधबार बिहान दुर्घटना भएको थियो ।
सभामुख र संसदीय समितिका सभापतिहरूबीच छलफल सुरु
सभामुख र संसदीय समितिका सभापतिहरूबीच छलफल सुरु सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरूबीच छलफल सुरु भएको छ । बुधबार सिंहदरबारमा सभामुख र नवनिर्वाचित संसदीय समितिका सभापतिहरूसँग छलफल सुरु भएको हो । 
बीपी कोइराला क्यान्सर अस्पतालका सबै शय्या निःशुल्क
बीपी कोइराला क्यान्सर अस्पतालका सबै शय्या निःशुल्क पदभार ग्रहणपछि पौडेलले शय्या निःशुल्क गर्ने टिप्पणीमा पहिलो हस्ताक्षर गरेका थिए । अस्पतालमा कूल चार सय ५० शय्या रहेका छन् । यसमा तीन सय ५० हाराहारी जनरल शय्या छन् । अस्पतालले भर्ना भएका बिरामीलाई खाना निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
सुनको मूल्य बढ्यो, आज कति पुग्यो ?
सुनको मूल्य बढ्यो, आज कति पुग्यो ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । 
नेपाली टोलीलाई अर्चुअल बैठकमा प्रधानमन्त्रीले भने– सरकार र नेपाली जनता साथमा छ
नेपाली टोलीलाई अर्चुअल बैठकमा प्रधानमन्त्रीले भने– सरकार र नेपाली जनता साथमा छ भर्चुअल बैठकमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको बताएका थिए । नेपाली टोलीले बुधबार दिउँसो पाकिस्तानसँग खेल्दै छ ।
शुभकामना दिँदै बालेन साहले भने- अविश्वासिला जस्ता लाग्ने सपना पूरा हुँदैछ
शुभकामना दिँदै बालेन साहले भने- अविश्वासिला जस्ता लाग्ने सपना पूरा हुँदैछ काठमाडौं महानगरका मेयर बालेन साहले नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । एसिया कपमा पाकिस्तानविरुद्ध खेल्न लागेको नेपाली टोलीलाई उनले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन् ।
Weather Update