News Griha :: न्यूजगृह
एमसीसी कार्यान्वयनमा जाने केपी ओलीको दाबी

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदबाट अनुमोदन भइसकेकाले एमसीसी कार्यान्वयनमा जाने बताएका छन् ।

बुधबार विराटनगरमा पत्रकारसँग अध्यक्ष ओलीले १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो भएको भन्दै संसदबाट अनुमोदन भइसकेकाले एमसीसी कार्यान्वयनमा जाने दाबी गरेका हुन् ।

‘एमसीसी कार्यान्वयनमा जान्छ नै, संसदबाट नै अनुमोदन गरेको कुरा नै  १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो छ, झुटको खेस्रो उहाँहरूले जनतालाई दिएको धोका मात्र हो,’ उनले भने, ‘संसदबाट पास भएको भनिएको झुटको खेस्रो नेपाली जनतालाई धोका दिएको एउटा प्रमाण हो ।’

उनले तत्कालीन सरकारले सम्झौताको अन्त्य हुन्छ भनेर संसदमै बोलेर नेपाली जनता र संसदलाई धोका दिएको भन्दै भने, ‘सरकारले त्यति बेला नेपाली जनतालाई झुट बोलेर धोका दिएको हो, नेपाली संसदसँग बेइमानी गरेको हो, १२ बुँदे व्याख्यात्मक घोषणा त्यस सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीले र परराष्ट्र मन्त्रीले एमसीसीले तानिसकेको छ, नेपाली संसदलाई धोका दिनु भयो र पास गर्नु भयो ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड आफैमा एउटा समस्या भएको भन्दै समस्या खडा गरेर स्वार्थका लागि समाजलाई बिथोल्न खोजेको आरोप लगाए । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १३:२७
Weather Update