News Griha :: न्यूजगृह
माछापुच्छ्रे बैंकको लाभांश घोषणा, कति पाउँदैछन् बोनस ?
फाइल तस्बिर

काठमाडौं— माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । बुधबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट शेयर धनीलाई नगद र बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट शेयर धनीलाई चुक्ता पूँजीको १४ प्रतिशत (१३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत) बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । 

उक्त बैंकको प्रस्तावअनुसार नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने पहिलो बैंक  माछापुच्छ्रे बनेको छ । बैंकले प्राथमिक पूँजीकोष पु¥याउन नसक्दा आर्थिक वर्ष ०७८–७९ को मुनाफाबाट गत आर्थिक वर्षमा शेयर धनीलाई लाभांश वितरण गर्न पाएको थिएन । 

दुई आर्थिक वर्षको मुनाफाबाट बैंकले यसपटक १४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १३:१४
Weather Update