
काठमाडौं— काठमाडौं महानगरका मेयर बालेन साहले नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् ।
एसिया कपमा पाकिस्तानविरुद्ध खेल्न लागेको नेपाली टोलीलाई उनले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन् ।
‘सोचिन्थ्यो, नेपाली टोलीले पनि यिनै खेलाडीहरू खेल्दा कस्तो हुन्थ्यो ! अफरिदीको योर्करलाई भुर्तेलले कसरी सामना गर्थे होलान्, सोमपालको बलिङमा बाबर आजमले कसरी कभर ड्राइभ हान्छन् होला ! सन्दीपले रिजवानलाई कसरी स्पिनमा नचाउँछ होलान् !,’ उनले जिज्ञाशा राखेका छन्, ‘यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहलता सधै मनमा रहन्थ्यो ! यो सपना आज केही समयमा पूरा हुँदैछ ।’
उनले नेपाली सबैलाई गर्व गर्ने ठाउँमा पुर्याउन थप सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।
नेपालले बुधबार दिउँसो सवा ३ बजे पाकिस्तानसँग एसिया कपको पहिलो खेल खेल्दै छ । यो खेलसँगै नेपालले विश्व क्रिकेट इतिहासनमा नयाँ रेकर्ड बनाउने भएको छ ।