News Griha :: न्यूजगृह
काठमाडौं फर्किएका एमाले नेताहरू जनकपुर पुगे

काठमाडौं— नेकपा एमालेका शीर्ष नेताहरू चढेको जहाज जनकपुर अवतरण भएको छ ।

बुद्ध एअरको जहाज प्राविधिक कारणले जनकपुरमा अवतरण हुन नसकी काठमाडौं फर्किएपछि एमाले नेताहरू अर्को जहाजबाट जनकपुर पुगेका हुन् ।

सिरहाको सर्रे अम्बासमा हुने पार्टीको सचिवालयको बैठकमा भाग लिन जाने क्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरू चढेको जहाज प्राविधिक समस्याका कारण काठमाडौं फर्किएको थियो । 

बैठकमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अन्य केही नेता विराटनगर हुँदै सिरहामा जाने गएका छन् ।

एमालेले तत्कालीन नेकपा (माले)को २०४७ सालमा चौथोँ महाधिवशेन भएको स्थनमा भदौ ९ गते सचिवालयको बैठक राखेकामा वर्षाका कारण बुधबारका लागि सारेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १२:२३
Weather Update