News Griha :: न्यूजगृह
औपचारिक रुपमा एमसीसी परियोजना कार्यन्वयन
औपचारिक रुपमा एमसीसी परियोजना कार्यन्वयन बुधबार अर्थ मन्त्रालयमा आयोजना एक औपचारिक समारोहबीच अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले ईआईएफसम्बन्धी पत्र आदान–प्रदान गरेका थिए ।
फेसबुकबाट चरित्र हत्या गर्ने युवक पक्राउ
फेसबुकबाट चरित्र हत्या गर्ने युवक पक्राउ पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१४ बस्ने २५ वर्षीय सुसन चौगुठी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
पाकिस्तानविरुद्ध करण केसीले लिए पहिलो विकेट
पाकिस्तानविरुद्ध करण केसीले लिए पहिलो विकेट नेपालका केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् । पाँचौं ओभरको तेस्रो बलमा करणले विकेट लिएका हुन् । पाकिस्तानले २१ रन जोडेको छ ।
एसिया कप क्रिकेट हेर्न जनकपुरका सबै विद्यालयमा छुट्टी 
एसिया कप क्रिकेट हेर्न जनकपुरका सबै विद्यालयमा छुट्टी  बुधबार दिउँसो सवा ३ बजेबाट हुने खेल हेर्न विद्यार्थीलाई दिउँसो २ बजेदेखि जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदा दिइएको हो । जनकपुरधाम उपमहानगरले एक विज्ञप्ति निकाल्दै गौरवशाली नेपाली क्रिकेट टोलीको हौसला बढाउनलाई विद्यालय बिदा दिएको उल्लेख गरेको छ ।
यी हुन् पाकिस्तानविरुद्ध नेपाली टोलीका खेलाडीहरू
यी हुन् पाकिस्तानविरुद्ध नेपाली टोलीका खेलाडीहरू पाकिस्तानमा जारी एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिला फिल्डिङको निम्तो पाएको हो । पाकिस्तानले टस जितेपछि पहिले ब्याटिङ रोजेको थियो ।
सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु
सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु मंगलबार राति भान्सामा खाना बनाइरहेकी घटाललाई सर्पले टोकेको र बुधबार बिहान मुत्यु भएको पञ्चेश्वर स्वास्थ्य चौकीका इञ्चार्ज सुरेश सार्कीले जानकारी दिए । सर्पको टोकाइबाट गम्भीर घाइते भएकी घटालको झारफुक गर्दा गर्दै मृत्यु भएको हो । 
एसिया कप : नेपाललाई पाकिस्तानले दियो बलिङको निम्तो
एसिया कप : नेपाललाई पाकिस्तानले दियो बलिङको निम्तो पाकिस्तानमा टस जितेर नेपाललाई पहिला बलिङको निम्तो दिएको हो । एसिया कपको १६ औँ संस्करण उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा दिउँसो ३ः१५ बजे हुनेछ । 
बेवारिसे अवस्थामा नवजात शिशु मृत फेला
बेवारिसे अवस्थामा नवजात शिशु मृत फेला उनका अनुसार बुधबार बिहान भलुवाही पुलमुनी सालनालसहितको शिशुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत फेला परेका शिशुको घटनाबारे सुक्ष्म अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
एसिया कप : कोशी प्रदेश क्रिकेट संघले प्रत्यक्ष प्रसारण गर्ने
एसिया कप : कोशी प्रदेश क्रिकेट संघले प्रत्यक्ष प्रसारण गर्ने वल्ड्रलिंकको सहकार्यमा एसिया कप क्रिकेट निःशुल्क देखाइने भएको हो । पहिलोपटक नेपालको एसिया कपअन्तर्गतको खेलहरू सेन्टर मलको छेउ नगर प्रहरी अगाडिको खाली जग्गामा प्रत्यक्ष प्रसारण गरिने तयारी भएको वल्ड्रलिंक विराटनगर शाखा प्रमुख सुरज दाहालले जानकारी दिए ।
समितिलाई पारदर्शी बनाउन सभापतिहरूलाई सभामुखको आग्रह 
समितिलाई पारदर्शी बनाउन सभापतिहरूलाई सभामुखको आग्रह  बुधबार सिंहदरबारस्थित कानुन समितिको हलमा नवनिर्वाचित सभापतिसँग छलफल कार्यक्रममा सभामुख घिमिरेले समितिको काम कारबाहीसहित विषयमा छलफल गरेर अगाडि बढ्नु पर्ने बताए ।
नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ
नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ राहुलले प्रतापपुर–६ कठहवा बस्ने गौरीशंकर कुर्मीलाई बुबा बनाई नागरिकता लिन लागेका थिए । ‘निज व्यक्तिले ६ नम्बर वडा कार्यालयबाट बनाएको जन्मदर्ता, नागरिकता सिफारिस तथा इलाका प्रशासन कार्यालय सेमरीबाट पठाइएको स्थलगत नागरिकता सर्जमिन मुचुल्काको पत्र नियन्त्रणमा लिएको छ,’ उनले भने ।
Weather Update