बेवारिसे अवस्थामा नवजात शिशु मृत फेला

सप्तरी— जिल्लाको राजविराजमा बुधबार सालनालसहित नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राजविराज–हनुमानगर सडक खण्डअन्तर्गत भलुवाही खोलामा नवजात शिशु (छोरा) मृत फेला परेको कार्यालयका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
उनका अनुसार बुधबार बिहान भलुवाही पुलमुनी सालनालसहितको शिशुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत फेला परेका शिशुको घटनाबारे सुक्ष्म अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १४:३३