एसिया कप : नेपाललाई पाकिस्तानले दियो बलिङको निम्तो

काठमाडौं— पाकिस्तानमा सुरु हुन लागेको एसिया कपको उद्घाटन खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।
पाकिस्तानले टस जितेर नेपाललाई पहिला बलिङको निम्तो दिएको हो । एसिया कपको १६ औँ संस्करण उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा दिउँसो ३ः१५ बजे हुनेछ ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १४:४९