समितिलाई पारदर्शी बनाउन सभापतिहरूलाई सभामुखको आग्रह

काठमाडौं— सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्र्तगत नवनिर्वाचित संसदीय समितिका सभापतिहरूलाई समितिलाई पारदर्शी बनाएर लान आग्रह गरेका छन् ।
बुधबार सिंहदरबारस्थित कानुन समितिको हलमा नवनिर्वाचित सभापतिसँग छलफल कार्यक्रममा सभामुख घिमिरेले समितिको काम कारबाहीसहित विषयमा छलफल गरेर अगाडि बढ्नु पर्ने बताए ।
‘समितिहरूलाई प्रभावकारी बनाएर लान सबैले आआफ्नो ठाउँबाट काम गर्नुपर्छ, त्यसका लागि छलफल गर्दै अगाडि बढ्नु पर्छ,’ उनले भने ।
प्रतिनिधि सभाका सबै दश समितिका सभापतिहरू भदौ ११ गते सर्वसम्मतिबाट निर्वाचित भएका थिए । सभापतिहरू देशको आर्थिक अवस्था नाजुक भएको समयमा आफूहरूले देशलाई साक्षी राखेर काम गर्ने बताएका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १४:१३