सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराका छोरा पक्राउ

काठमाडौं— पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी प्रकरणमा मुछिएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने, ‘उहाँ हाम्रो नियन्त्रणमा हुनु हुन्छ ।’
यसैबीच महराले भने, ‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स शैलीमा मिडिया ट्राएल गरी हामीमाथि हिलो छ्याप्ने कोशिस भएकाले स्वयम सीआईबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दै छु, नबिराउनु, नडराउनु ।’
गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ व्यापारी राहुलले टेलिफोन सम्पर्क भएको सीआईबीको अनुसन्धानबाट खुलेको थियो । यसैबीच उनी आफै प्रहरीसमक्ष आत्मसमपर्ण गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १६:२८