एसिया कप क्रिकेट हेर्न जनकपुरका सबै विद्यालयमा छुट्टी

जनकपुरधाम— एसिया कपको नेपाल र पाकिस्तानबीच क्रिकेट हेर्न जनकपुरधाम उपमहानगरले शैक्षिक संस्थालाई आकस्मिक बिदा दिएको छ ।
बुधबार दिउँसो सवा ३ बजेबाट हुने खेल हेर्न विद्यार्थीलाई दिउँसो २ बजेदेखि जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदा दिइएको हो ।
जनकपुरधाम उपमहानगरले एक विज्ञप्ति निकाल्दै गौरवशाली नेपाली क्रिकेट टोलीको हौसला बढाउनलाई विद्यालय बिदा दिएको उल्लेख गरेको छ ।
बुधबार उपमहानगरअन्र्तगतका सबै संस्थागत सामूदायिक विद्यालय २ बजेपछि बन्द गरिएका छन् । मुल्तान क्रिकेट स्टेडियममा नेपालले बुधबार दिउँसो सवा ३ बजे पाकिस्तानसँग एसिया कपमा पहिलो पटक प्रतिस्पर्धा गर्दै छ ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १५:१८