यी हुन् पाकिस्तानविरुद्ध नेपाली टोलीका खेलाडीहरू

काठमाडौं— पाकिस्तानमा जारी एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।
पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिला फिल्डिङको निम्तो पाएको हो । पाकिस्तानले टस जितेपछि पहिले ब्याटिङ रोजेको थियो ।
पाकिस्तानविरुद्ध नेपाली टोलीबाट कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी मैदानमा उत्रिएका छन् । यस्तै, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी पनि टोलीमा रहेका छन् ।
पाकिस्तानको प्लेइङ–११ मा फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान, सादब खान, मोहम्मद नवाज, अघा अली सलमान, इफ्तिखर अहमद, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ रहेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १५:०९