News Griha :: न्यूजगृह
झुट बोल्ने र बेइमानी गर्ने काम माओवादीले गरेको छ : अध्यक्ष ओली

विराटनगर— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन गर्ने कुरा नेकपा माओवादीले झुट बोलेर भ्रम छरेको आरोप लगाएका छन् ।

बुधबार विराटनगरमा पत्रकारसँग अध्यक्ष ओलीले कोशी प्रदेश सरकारलाई समर्थन गरेको भए राप्रपाले सार्वजनिक रुपमा भन्नु पर्ने तर्क गरे । उनले सत्ता पक्ष र त्यसमा पनि झुट बोल्ने तथा बेइमानी गर्ने काम माओवादीले नै गरेको बताए । 

‘सत्ता पक्षले झुट बोलिराखेको छ, राप्रपाले उहाँहरूलाई समर्थन गर्ने भयो भन्ने कुरा हो भने राप्रपाले भन्नुपर्‍यो नि त, उहाँहरूलाई समर्थन गर्छौं, सम्झौता भएको छ भनेर,’ उनले भने, ‘यो झुट पनि कति बोल्ने हो ? माओवादी भन्ने पार्टी, सबै ठाउँमा झुट बोल्ने र बेइमानी गर्ने काम जति माओवादीले नै गरेको छ ।’

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १२:५२
Weather Update