बेपत्ता शिक्षकको खोजीका लागि प्रहरी परिचालन शनिबार, भदौ १६, २०८०

छिमेकी देशलाई एमाले अध्यक्ष ओलीले भने— हाम्रो स्वाभिमानमा चिन्ता गर्नुपर्दैन शनिबार, भदौ १६, २०८० पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय स्वाभिमान र स्वाधीनताका विषयमा कुनै पनि छिमेकीले चिन्ता गर्नुनपर्ने बताएका छन् ।

उड्डयन प्राधिकरणले तयार गर्यो हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड शनिबार, भदौ १६, २०८० नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ ।

माओवादी कमजोर हुँदा राजनीतिक उपलब्धि संकटमा पर्यो : सुदन किराँती शनिबार, भदौ १६, २०८० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले माओवादी केन्द्र कमजोर हुँदा ठूलो राजनीतिक परिवर्तनको बलमा स्थापित उपलब्धि संकटमा परेको बताएका छन् ।

एसिया कप : भारतले कटायो सय रन शनिबार, भदौ १६, २०८० श्रीलंकामा जारी एसिया कप क्रिकेटमा भारतले सय रन कटाएको छ ।

सरकारसँग एकथरी मान्छे अत्तालिएका छन् : प्रधानमन्त्री दाहाल शनिबार, भदौ १६, २०८० प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले राम्रो काम गरिरहेकाले एकथरी मान्छे अत्तालिएको दाबी गरेका छन् ।
एमाले कर्मकाण्डी पार्टी होइन, महान् उद्देश्यतर्फ फर्किएको छ : अध्यक्ष ओली शनिबार, भदौ १६, २०८० पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कर्मकाण्डी पार्टी नभएको बताएका छन् ।

वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल पुनः रोकियो शनिबार, भदौ १६, २०८० श्रीलंकामा जारी एसिया कपमा वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल प्रभावित भएको छ ।

विष्णु पौडेल भन्छन्— एमालेको नेतृत्वमा ओलीको विकल्प छैन शनिबार, भदौ १६, २०८० नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नभएको दाबी गरेका छन् ।

चन्द्रगिरीमा सुरुङबाट प्रभावित क्षेत्रका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन शनिबार, भदौ १६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चन्द्रगिरीमा सुरुङबाट प्रभावित क्षेत्रको समस्या समाधानका लागि निर्देशन दिएका छन् । शनिबार चन्द्रगिरीमा जनतासँग माओवादी विशेष रूपान्तरण महाअभियानलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले कार्यक्रमबाटै फोनमार्फत आयोजना प्रमुखलाई एक हप्ताभित्र सुझाव सहितको प्रतिवेदन बुझाउँन निर्देशन दिएका हुन् ।

पाकिस्तानविरुद्ध भारतको खराब सुरुआत, ३ विकेट गुम्यो शनिबार, भदौ १६, २०८० श्रीलंकामा जारी एसिया कपमा भारतले पाकिस्तानविरुद्ध खराब सुरुआत गरेको छ ।

एसिया कप : पाकिस्तानलाई दोस्रो सफलता, कप्तान रोहित र विराट आउट शनिबार, भदौ १६, २०८० श्रीलङ्कामा जारी एसिया कपमा पाकिस्तानविरुद्ध भारतको खराब सुरुवात भएको छ। पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरिरहेको भारतले २ विकेट गुमाएको छ। भारतले ६.२ ओभरमा २ विकेट गुमाउँदै २७ रन बनाएको छ।पानी परेपछि रोकिएको खेल पुनः सुरु भएपछिको ओभरमा कप्तान रोहित शर्मा र विराट कोहली आउट भए।

निरूता सिंहले कसिन सञ्जीभ गुलाटीसँग लगनगाँठो, चाँडै नेपाल आउने वाचा शनिबार, भदौ १६, २०८० ‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो। त्यो हो 'निरूता जी बिहे कहिले गर्ने?' भन्ने प्रश्न। आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु। तपाईँहरूको निरूता सिंहले गत बिहीबारको दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाँठो जोडेको छ,’ उनले भनेकी छन्।









