एमाले कर्मकाण्डी पार्टी होइन, महान् उद्देश्यतर्फ फर्किएको छ : अध्यक्ष ओली
काठमाडौं— पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कर्मकाण्डी पार्टी नभएको बताएका छन् ।
शनिबार पार्टीको लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
ओलीले भने,‘नेकपा एमाले कर्मकाण्डी पार्टी होइन । महान् उद्देश्यतर्फ फर्किएको छ । ती उद्देश्य यस पार्टीले गर्ने छ । गरिआएको छ । यसको काँधमा अरु पार्टीजस्तो जसरी भएपनि सरकार बनाउँ,सरकारमा पुगौं र टिकौं भन्ने होइन ।’
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० १७:२५