छिमेकी देशलाई एमाले अध्यक्ष ओलीले भने— हाम्रो स्वाभिमानमा चिन्ता गर्नुपर्दैन

बुटवल— पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय स्वाभिमान र स्वाधीनताका विषयमा कुनै पनि छिमेकीले चिन्ता गर्नुनपर्ने बताएका छन् ।
शनिबार पार्टीको लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
अध्यक्ष ओलीले भने,‘आफ्नो राष्ट्रको स्वाभिमान उहाँहरूलाई पनि बोध हुन्छ, हामीलाई पनि हाम्रो देशको बोध हुन्छ ।
हाम्रा कुनै छिमेकीले यो कुरामा चिन्ता गर्नुपर्ने, पिर गर्नुपर्ने छैन । आफ्नी आमा आफूलाई प्यारो लाग्छ ।’
एमाले अध्यक्ष ओलीले पुर्खाहरूले साम्राज्यवादसँग, उपनिवेशवादसँग लडेर यस देशको स्वाभिमान गुम्न नदिएर स्वतन्त्र राखेकोमा नेपालीहरूले गर्व गर्नुपर्ने बताए ।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० १८:३६