एसिया कप : भारतले कटायो सय रन

काठमाडौं— श्रीलंकामा जारी एसिया कप क्रिकेटमा भारतले सय रन कटाएको छ ।
पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरिरहेको भारतले ४ विकेट गुमाइसकेको छ ।
भारतमाथि पाकिस्तानले दबाब राखेको छ । यो समाचार तयार पार्दासम्म भारतले २१ ओभरमा ४ विकेट गुमाएर १०८ रन बनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० १७:५०