News Griha :: न्यूजगृह
चन्द्रगिरीमा सुरुङबाट प्रभावित क्षेत्रका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चन्द्रगिरीमा सुरुङबाट प्रभावित क्षेत्रको समस्या समाधानका लागि निर्देशन दिएका छन् । 
शनिबार चन्द्रगिरीमा जनतासँग माओवादी विशेष रूपान्तरण महाअभियानलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले कार्यक्रमबाटै फोनमार्फत आयोजना प्रमुखलाई एक हप्ताभित्र सुझाव सहितको प्रतिवेदन बुझाउँन निर्देशन दिएका हुन् । 

उनले भने, ‘चन्द्रागिरिको सुरुङमार्ग बाट प्रभावित जनताका समस्या बडो गम्भीर ढङ्गले मलाई राख्नुभयो सुरुङ मार्ग बनाउँदा घरहरू चर्किएर समस्या र खानेपानीको मुहान सुकेको कुरा र यस प्रभावित क्षेत्रको राहतको निम्ति व्यवस्थाको कुरा उठाउँनु भएकोले मैले जनताकै बीचबाट भनेको छु । तपाईंले एक हप्ताभित्र सुझाव सहितको प्रतिवेदन दिन पर्‍यो र समस्या समाधान गर्न के गर्नुपर्छ मलाई भन्नुहोला यो निर्देशनको रुपमा लिनुहोला ।’ 

उनले चन्द्रगिरीको त्रिभुवन पार्कलाई स्थानीय पालीकालाई हस्तान्तरण गर्ने तयारी गर्ने  प्रतिवद्धता जनाए ।  

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १६:५७
Weather Update