News Griha :: न्यूजगृह
वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल पुनः रोकियो

काठमाडौं— श्रीलंकामा जारी एसिया कपमा वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल प्रभावित भएको छ ।

खेल जारी रहँदा वर्षा भएपछि दुईपटक खेल स्थगित गरिएको छ । ११.२ ओभरको खेल चलिरहँदा दोस्रोपटक पुनः खेल प्रभावित बनेको हो ।

पाकिस्तानविरुद्धको खेलमा भारतको सुरुआती ११ ओभर खराब देखिएको छ ।

भारतले ३ विकेट गुमाइसकेको छ । 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १७:०९
Weather Update