News Griha :: न्यूजगृह
पाकिस्तानविरुद्ध भारतको खराब सुरुआत, ३ विकेट गुम्यो

काठमाडौं— श्रीलंकामा जारी एसिया कपमा भारतले पाकिस्तानविरुद्ध खराब सुरुआत गरेको छ ।

पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरिरहेको भारतले ३ विकेट गुमाएको छ । भारतले ११ ओभरमा ३ विकेट गुमाउँदै ५१ रन बनाएको छ ।

वर्षाका कारण रोकिएको खेल पुनः सुरु भएपछिको ओभरमा कप्तान रोहित शर्मा, विराट कोहली र श्रेयस अय्यर आउट भएका हुन् ।

भारत र पाकिस्तानबीचको खेल जारी छ ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १६:५३
Weather Update