विष्णु पौडेल भन्छन्— एमालेको नेतृत्वमा ओलीको विकल्प छैन

बुटवल— नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नभएको दाबी गरेका छन् ।
शनिबार लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले नेतृत्वको बारेमा भएका हल्लाहरू मिथ्या भएको बताए ।
उनले भने, ‘नेतृत्वमा केपी शर्मा ओलीको विकल्प छैन । उहाँकै नेतृत्वमा पार्टीले मिसन ८४ बनाएको छ । त्यसमा कोही कसैले कुण्ठित विचार नराखे हुन्छ ।’
पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले ओलीको अगुवाइमा विचार, संगठन, उद्देश्य र आदर्शका हिसाबले एकताबद्ध भएर लाग्न आफूहरू तयार भएको बताए ।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० १७:०२