News Griha :: न्यूजगृह
निरूता सिंहले कसिन सञ्जीभ गुलाटीसँग लगनगाँठो, चाँडै नेपाल आउने वाचा

काठमाडौं—  अभिनेत्री निरूता सिंहले बिहे गरेकी छन् ।

उनले मुम्बईका सञ्जीभ गुलाटीसँग लगनगाँठो कसेकी हुन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गत अगस्ट ३१ मा गुलाटीसँग बिहे गरेको जानकारी दिएकी हुन् ।

‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो। त्यो हो 'निरूता जी बिहे कहिले गर्ने?' भन्ने प्रश्न। आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु। तपाईँहरूको निरूता सिंहले गत बिहीबारको दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाँठो जोडेको छ,’ उनले भनेकी छन् ।

यसका साथै चाँडै नेपाल आउने समेत उनले वाचा गरेकी छन् । दार्जिलिङमा जन्मेकी सिंहले नेपाली सिने क्षेत्रमा सन् १९९३ मा फिल्म दक्षिणाबाट डेब्यु गरेकी थिइन्। उनले ५० भन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी छन् ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १६:२०
Weather Update