News Griha :: न्यूजगृह
रूपान्तरण महाअभियान पार्टी ट्रयाकमा आउँछ : प्रधानमन्त्री दाहाल
रूपान्तरण महाअभियान पार्टी ट्रयाकमा आउँछ : प्रधानमन्त्री दाहाल प्रचण्डले भने, ‘जनतासँग माओवादी विशेष रूपान्तरण महाअभियानको सुरुवात माओवादीले आफैबाट गर्नुपर्छ । बीचमा कहीँ कतै बाटो बिराएको जस्तो जनतासँग सम्बन्ध कमजोर भएको जस्तो थियो अहिले फेरी हाम्रो बाटो ट्रयाकमा ल्याउने जनतासँगको सम्बन्ध जीवन्त तुल्याउने उद्देश्यले अभियान थालेको हो । यसले देशमा सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्ने आशा छ...
भारत र पाकिस्तानबीचको खेल रोकियो
भारत र पाकिस्तानबीचको खेल रोकियो एसियन कपमा भारत र पाकिस्तानबीचको क्रिकेट खेल वर्षाका कारण अवरुद्ध भएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४.२ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण अवरुद्ध भएको हो । ४.२ ओभरमा भारतले १५ रन जोडेको थियो ।कप्तान रोहित शर्माले ११ रन जोडेका थिए भने अर्का ओपनर शुभम गिलले रन...
एसिया कप : पाकिस्तानविरुद्ध टस जितेर भारत ब्याटिङमा 
एसिया कप : पाकिस्तानविरुद्ध टस जितेर भारत ब्याटिङमा  श्रीलङ्काको क्यान्डीस्थित पलेकेले अन्तर्राष्ट्रिय रङ्गशालामा टस जितेपछि भारतीय कप्तान रोहित शर्माले ब्याटिङको निर्णय गरेका हुन् । प्रतियोगितामा भारतको यो पहिलो खेल हो । पाकिस्तानले भने पहिलो खेलमा नेपाललाई २३८ रनले हराएको थियो ।
अस्ट्रेलिया गर्मी बढ्यो, सावधानी अपनाउन आग्रह
अस्ट्रेलिया गर्मी बढ्यो, सावधानी अपनाउन आग्रह बिहीबार जारी गरिएको पूर्वानुमानमा २०२३ मा अस्ट्रेलियाका अधिकांश स्थानमा वर्षा कम हुने बताइएको छ। त्यस्तै तापक्रम पनि उच्च हुने बताइएको छ । गर्मीका कारण जङ्गलमा डढेलोको सम्भावना उच्च रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ। अधिकांश क्षेत्रमा गत वर्षको तुलनामा कम मात्रै वर्षा हुने र त्यसको असर कृषि उत्पादनमा पनि पर्ने...
नारायणकाजी श्रेष्ठ भन्छन्— सुन तस्करीमा महराको संलग्नता पुष्टि भए कारबाही हुन्छ 
नारायणकाजी श्रेष्ठ भन्छन्— सुन तस्करीमा महराको संलग्नता पुष्टि भए कारबाही हुन्छ  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा संलग्न भएको पुष्टि भए सरकारले नछाड्ने बताएका छन् ।शनिबार ललितपुरको हरिसिद्धीमा पार्टीले थालेको विशेष अभियानको उद्घाटन गर्दै माओवादी भएकै कारण उनलाई नछाड्ने बताएका हुन् ।माओवादीको नेतृत्वमा सरकार भएकाले आफूहरूलाई जोगाएर विपक्षीलाई मात्र कारबाही गर्ने हो कि भन्ने...
शहीदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन : मन्त्री शर्मा
शहीदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन : मन्त्री शर्मा घोराही उपमहानगरपालिका–१७ वर्गदीस्थित शहीद स्मृतिपार्कमा नेकपा माओवादी केन्द्रले सुरु गरेको तीन महिने विशेष रूपान्तरण अभियान उद्घाटनमा उनले अब शहीदका सपना पूरा गर्ने गरी पार्टी र सरकार अघि बढ्ने बताइन् । शर्माले शहीदको बलिदानका कारण राजनीतिक व्यवस्था बदलिएको उल्लेख गर्दै अब शहीदका सपना पूरा गर्न जनताको अवस्था बदल्नु पर्नेमा जोड दिइन्...
महानगरले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको छ  : सुनिता डङ्गोल
महानगरले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको छ  : सुनिता डङ्गोल काठमाडौंमा शनिबार आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रिय महाधिवेशनमा उनले महानगरपालिकाले बाँकी कार्यकालमा के गर्ने भनेर सबै किसिमका योजना बनाएको र फिल्म क्षेत्रलाई पनि सो योजनाअन्तर्गत प्राथमिकतामा राखेको उल्लेख गरिन् । डङ्गोलले काठमाडौं महानगरपालिकालाई चिनाउने महत्वपूर्ण माध्यम फिल्म सेक्टर भएको भन्दै महानगरले युनेस्को क्रिएटिभ सिटिज नेटवर्कमा महानगरपालिकालाई चिनाउन क्रिएटिभ सिटिज...
पाल्पामा जीप दुर्घटना, ६ जना घाइते
पाल्पामा जीप दुर्घटना, ६ जना घाइते तानसेन नगरपालिका १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको जीप सडकबाट १०० मिटर तल खस्दा ६ जना घाइते भएका अर्गली प्रहरी चौकीले जनाएको छ । घाइते सबैको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । 
भारतद्वारा सौर्य मिसन प्रक्षेपण, आदित्य एल–१ सूर्यतर्फ अघि बढ्यो [भिडिओसहित]
भारतद्वारा सौर्य मिसन प्रक्षेपण, आदित्य एल–१ सूर्यतर्फ अघि बढ्यो [भिडिओसहित] भारतीय अन्तरिक्ष एजेन्सी इसरोले शनिबार भारतको पहिलो सौर्य मिसन आदित्य एल–१ प्रक्षेपण गरेको छ ।आन्ध्र प्रदेशको श्री हरिकोटामा रहेको सतिश धवन अन्तरिक्ष केन्द्रबाट आदित्य एल–१ प्रक्षेपण गरिएको हो । यो यानले सूर्यसँग सम्बन्धित अध्ययन गर्नेछ ।आदित्य एल–१  सूर्यको लागि भारतको पहिलो मिसन हो । धेरै देशहरूले पहिले नै...
प्रविधिको विकासले अवसरसँगै चुनौति थपियो : अर्थमन्त्री महत
प्रविधिको विकासले अवसरसँगै चुनौति थपियो : अर्थमन्त्री महत महतले भने, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ । टेक्नोलोजीले सहज बनाउनको साथसाथै चुनौती पनि थपिएको छ । नयाँ नयाँ टेक्नोलोजीको सदुपयोग र दुरुपयोग दुवैको चुनौति थपिएको छ । राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेका हामी किन न हौं, कर्मचारी र सुरक्षा निकाय किन नहोस् या निजी...
गिद्धका लागि वासस्थान गम्भीर चुनौती बन्दै
गिद्धका लागि वासस्थान गम्भीर चुनौती बन्दै पोखरा महानगरपालिका–१५ छिनेडाँडास्थित फोहर विसर्जन स्थल परिवर्तन गरिएपछि थप चुनौती थपिएको छ । पोखरा उपत्यकामा बढ्दो बस्ती विकासको क्रमसँगै विगत दुई दशकयता गिद्धका प्रजाति लोप हुँदै गएका छन् । गिद्धको बासस्थान विशेषतः अग्लो सिमलको रूख नै हो । सिमलका रूखमा उनीहरू बस्ने र गुँड लगाउने गर्दछन् । पोखरा आसपासका क्षेत्रमा...
एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरि लाभ लिनुपर्छ : सभामुख घिमिरे
एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरि लाभ लिनुपर्छ : सभामुख घिमिरे काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) बाट देशको हित हुनेगरि लाभ लिन सक्नुपर्ने बताएका हुन् । घिमिरेले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमिकता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी धेरै लिने ? भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताए । 
Weather Update