एसिया कप : पाकिस्तानविरुद्ध टस जितेर भारत ब्याटिङमा

काठमाडौं— एसिया कप–२०२३ मा भारतले पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको छ ।
श्रीलङ्काको क्यान्डीस्थितपलेकेले अन्तर्राष्ट्रिय रङ्गशालामा टस जितेपछि भारतीय कप्तान रोहित शर्माले ब्याटिङको निर्णय गरेका हुन् । प्रतियोगितामा भारतको यो पहिलो खेल हो । पाकिस्तानले भने पहिलो खेलमा नेपाललाई २३८ रनले हराएको थियो ।
एकदिवसीय संरचनामा भएको एसिया कपमा भारत र पाकिस्तान १३औँ पटक आमनेसामने हुन लागेका हुन् । एसिया कपमा यसअघि यी दुई टिमबीच भएका १२ मध्ये भारतले सात र पाकिस्तानले पाँच खेलमा जित निकालेको छन् । ताजास्थितिमा भारतले ३.५ ओभरमा १५ रन बनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० १५:३७