
सुर्खेत— दैलेखको महाबु गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा अछामको पञ्चदेवल विनायक नगरपालिका –३ का सुरेन्द्रबहादुर शाही पक्राउ परेका छन् ।
किशोरीलाई दुई दिनसम्म होटल कोठामा बन्धक बनाएर जबर्जस्ती करणी गरेको आरोपमा भे १ ह २३०९ नम्बरको अटो चालक शाही पक्राउ परेका हुन् ।
दैलेखबाट वीरेन्द्रनगरमा रहेको फुपूको घरमा जान हिँडेकी किशोरीलाई चोकमा लामो समयसम्म एक्लै उभिएको देखेर अटोचालक सुरेन्द्रले फुपूको घर देखाइदिने बहानामा अटोमा दुई घण्टासम्म घुमाएर राती ९ बजे घर फेला नपरेको भन्दै वीरेन्द्रनगरको यरो थकाली होटलमा राखेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी लक्ष्मण शाहीले अनुसन्धानमा बलात्कार मात्र नभई बलात्कारपछि ज्यान मार्ने समेत योजना बनाएको देखिने बताए । शाहीले किशोरीलाई जबर्जस्ती मदिरा खुवाएको पनि प्रहरीको अनुसन्धानमा खुलेको छ । डीएसपी शाहीले भने, ‘बलात्कार आरोपीले किशोरीलाई दुई दिनसम्म कोठामा राखेर बलात्कार गरेपछि होटलको एक गल्लीमा लगेर छोडिदिएको रहेछ ।’