News Griha :: न्यूजगृह
महानगरले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको छ  : सुनिता डङ्गोल

काठमाडौं— काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महानगरले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताएकी छन् ।

काठमाडौंमा शनिबार आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रिय महाधिवेशनमा उनले महानगरपालिकाले बाँकी कार्यकालमा के गर्ने भनेर सबै किसिमका योजना बनाएको र फिल्म क्षेत्रलाई पनि सो योजनाअन्तर्गत प्राथमिकतामा राखेको उल्लेख गरिन् । डङ्गोलले काठमाडौं महानगरपालिकालाई चिनाउने महत्वपूर्ण माध्यम फिल्म सेक्टर भएको भन्दै महानगरले युनेस्को क्रिएटिभ सिटिज नेटवर्कमा महानगरपालिकालाई चिनाउन क्रिएटिभ सिटिज अफ फिल्म भनेर प्रपोजल पठाएको र सो प्रपोजलको नतिजा २०२४ को शुरुमा आउने र युनेस्को पदकबाट कामनपा पुरस्कृत हुने बताइन् ।

‘शुरुदेखि नै बोल्दै आएको र अहिले हामीले एउटा काम पनि गर्दैछौँ । फिल्म सेक्टर, ड्रामा मार्फत होस् वा थ्रिएटरमा हेर्ने मुभीहरु हुन्, सबै पाटोलाई बलियो पाटको रुपमा लग्नुपर्छ भनेर काठमाडौँ महानगरपालिकाले युनेस्को क्रिएटिभ सिटिज नेटवर्क बनाएको छ’ उनले भनिन्, ‘विभिन्न क्रिएटिभ सेक्टरहरुमा जस्तै, खाना, आर्ट, म्युजिक यस्ता विभिन्न क्षेत्रको सात विभिन्न क्षेत्र र विधामा युनेस्को क्रिएटिभ सिटिज नेटवर्क भनेर संसारको विभिन्न शहरहरु त्यो नेटकवर्कमा बस्छन् । कसैले क्रिएटिभ सिटज अफ म्युजिक भनेर दर्ता गर्छ कसैले क्रिएटिभ सिटिज अफ ग्यास्ट्रोनोमिज भनेर खानेकुरालाई नै भनेर त्यो शहरलाई ब्रान्डिङ गरिरहेको हुन्छ भने कामनपाले हामीले अप्लाइ गरेका छौँ । यो २०२४ को सुरुसम्म त्यसको रिजल्ट आउँछ । हामी त्यो अवार्ड पाउनेछौँ ।’

उनले काठमाडौंको सुन्दरता, कलाकृति, सम्पदा र संस्कृतिलाई जोगाउन फिल्म नै एउटा माध्यम रहेको बताइन् ।  ‘हामीले क्रिएटिभ सिटिज अफ फिल्म भनेर प्रपोज गरेका छौँ । युनेस्कोमा यो अप्लाइ गरिसकेपछि त्यो रिजल्ट आएपछि यस पटक हामीले कामनपाको ब्युटी, कलाकृति, रीतिरिवाज, मूर्त, अमूर्त सम्पदा देखाउने माध्यम फिल्म भनेर देखाएका छौँ,’ डङ्गोलले भनिन्, ‘अबको कार्यकालमा के गर्ने भनेर योजना बनाएका छौँ । जसमा एउटा महत्वपूर्ण पाटो रङ्गमञ्च रहेको छ, काठमाडौं लाई झल्काउन रङ्गमञ्चको महत्वपूर्ण भूमिका हुन्छ ।’

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १३:४४
Weather Update