News Griha :: न्यूजगृह
महेन्द्र यादवमाथिको सांघातिक आक्रमणलाई लिएर कांग्रेसले माग्यो गृहमन्त्रीसँग जवाफ
महेन्द्र यादवमाथिको सांघातिक आक्रमणलाई लिएर कांग्रेसले माग्यो गृहमन्त्रीसँग जवाफ पाली कांग्रेसले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको घटनाका सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठसँग जवाफ माग गरेको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय र शून्य समय लिएर कांग्रेसका सांसदहरुले पार्टीकै तर्फबाट सरकारको ध्यानाकर्षण गरेका छन् । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभाको अर्को बैठकमा घटनाको...
सदनमा राप्रपाले भन्यो— महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति पार्टी सदस्य होइनन्
सदनमा राप्रपाले भन्यो— महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति पार्टी सदस्य होइनन् बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै राप्रपाका महामन्त्री धवलशमशेर राणाले आफ्नो पार्टीले हिंसाको राजनीतिमा विश्वास नगर्ने बताए । ‘यो विषय प्रष्टै होस् त्यो व्यक्ति (आक्रमणकारी) हाम्रो पार्टीसित कुनै पनि प्रकारले संलग्न थिएन,’ महामन्त्री राणाले भने । आक्रमण गर्ने व्यक्तिलाई हुनपर्ने कारबाही होस् भनी उनले सरकारसँग माग गरे । 
गृहमन्त्रीलाई गगनको प्रश्न— के अब हामी काठमाडौंमा एक्लै हिँड्न नपाउने हो ? 
गृहमन्त्रीलाई गगनको प्रश्न— के अब हामी काठमाडौंमा एक्लै हिँड्न नपाउने हो ?  प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको छानबिनको माग गरेका छन् । यादवमाथि बुधबार काठमाडौंमा आक्रमण भएको थियो । 'मैले हिजो चिकित्सकलाई गएर भेटेँ, चिकित्सकका अनुसार उहाँ भाग्यले बाँच्नुभएको छ, आक्रमण गर्ने मान्छे पक्राउ परेको छ, तर एउटा सन्काहाले सन्केर हान्यो...
कांग्रेस सहमहामन्त्री यादवमाथिको सांघातिक हमलाबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको माग
कांग्रेस सहमहामन्त्री यादवमाथिको सांघातिक हमलाबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको माग नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथिको हमलाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भत्सर्ना गरेको छ। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक महेश बर्तौलाले कांग्रेसका सहमहामन्त्री माथिको हमलाको भत्सर्ना गर्दै  घटनाको जिम्मा लिँदै प्रधानमन्त्रीले सदनमा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे।
कोशी सरकारविरुद्धको रिटमाथि जबाफी बहस सकियो, आजै फैसला आउने
कोशी सरकारविरुद्धको रिटमाथि जबाफी बहस सकियो, आजै फैसला आउने सर्वोच्च अदालतमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मतविरुद्ध परेको रिटमाथि बहस सकिएको छ। कोशी सरकारविरुद्ध परेको रिटमाथि जबाफी बहस सकिएकाले आजै फैसला आउने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
वनकालीको पार्किङ ठेक्का रद्द 
वनकालीको पार्किङ ठेक्का रद्द  सम्झौताअनुसार मासिक चार लाख ८३ हजार ३३ क्षेत्र विकास कोषलाई भुक्तानी गर्नुपर्नेमा लामो समय सम्म बक्यौता बाँकी राख्नुका साथै अन्य थुप्रै नियम उलङ्घन गरेको भन्दै कोषले एक महिनाभित्र बक्यौता उठाउने र ठेक्का रद्द गर्ने निर्णय गरेको हो । कोषको बैठकले ठेकेदार कम्पनी तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रालिको बैंक ग्यारेन्टीसमेत जफत...
विदेश भ्रमणमा जानु अघि व्यापक छलफल गर्न प्रधानमन्त्रीलाई सांसद राणाको सुझाव
विदेश भ्रमणमा जानु अघि व्यापक छलफल गर्न प्रधानमन्त्रीलाई सांसद राणाको सुझाव अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य धवल शमशेर राणाले प्रधानमन्त्री प्रचण्डले विदेश भ्रमणमा जानु अघि प्रयाप्त छलफल गर्न सुझाव दिएका छन् । बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले गम्भीर भएर राष्ट्रिय चासोको विषयमा छलफलसहितको तयारी आवश्यक रहेको बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित
नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा परेकाहरूले थुनामुक्त हुन उच्च अदालत पाटनमा दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ । थुनामा परेका आरोपितहरुको कानुन व्यवसायीहरूको निवेदनका आधारमा सुनुवाइ स्थगित भएको हो । उक्त निवेदन न्यायाधीशद्वय सुभाष पौडेल र दीपेन्द्र अधिकारीको इजलासमा परेको थियो ।
हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
हेलिकप्टरमार्फत गर्भवतीको उद्धार बुधबार बिहान १० बजे स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी राईलाई अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि काठमाडौंको थापाथलीस्थित प्रसूति गृहमा पठाइएको  स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताइन् । स्वास्थ्य केन्द्रमा भर्ना भएकी राईलाई अत्यधिक रक्तश्राव भएको र बच्चा पनि उल्टो अवस्थामा भएपछि थापाथली प्रसूति गृह पठाइएको स्वास्थ्य शाखा प्रमुख पोख्रेलको...
परराष्ट्र मन्त्री साउद भन्छन्— प्रधानमन्त्रीको चीन भ्रमणबारे एजेन्डा तय भइसकेको छैन 
परराष्ट्र मन्त्री साउद भन्छन्— प्रधानमन्त्रीको चीन भ्रमणबारे एजेन्डा तय भइसकेको छैन  उनले कोभिडका कारण बन्द भएको चीनसँगको व्यापार नाका र परम्परागत नाका खोल्न आग्रह गर्ने विषयमा छलफल चलिरहेको बताए। 'सबै मन्त्रालयका सचिवहरूलाई बोलाएर भ्रमणको एजेण्डाबारे छलफल भइरहेको छ,' मन्त्री साउदले भने, 'पूरै एजेण्डा फाइनल स्टेजमा पुगिसकेको छैन। स्वास्थ्य, शिक्षा, कृषिलगायत क्षेत्र, कोभिडका कारण व्यापार नाका र परम्परा सीमा नाका खोल्ने विषयमा...
वडाध्यक्ष रिजालको पार्थिव शरीरमा मेयर बालेनले ओढाए झण्डा
वडाध्यक्ष रिजालको पार्थिव शरीरमा मेयर बालेनले ओढाए झण्डा काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिव शरीर राष्ट्रिय सभा गृहमा राखिएको छ । सभागृह पुगेर मेयर बालेन साहले रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । अन्य व्यक्तिहरू पनि लामबद्ध भएर रिजालप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
विकास निर्माणमा राष्ट्रिय सहमति आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ
विकास निर्माणमा राष्ट्रिय सहमति आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । माडी नगरपालिकाले बिहीबार आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नुपर्नेको विकल्प नरहेकोमा जोड दिए ।
Weather Update