News Griha :: न्यूजगृह
४ सयले सस्तियो सुन, प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार 
४ सयले सस्तियो सुन, प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार चार सय ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार चार सय १० तोकिएको महासङ्घले जनाएको छ ।
सन्दीपविरुद्धको बलात्कार मुद्दा न्यायाधीश कार्कीको इजलासमा 
सन्दीपविरुद्धको बलात्कार मुद्दा न्यायाधीश कार्कीको इजलासमा  काठमाडौं जिल्ला अदालतमा विचाराधीन लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम बहस पटकपटक स्थगित हुँदै आएकोमा बिहीबारका लागि पेसी तोकिएको छ । भदौ १० गते जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी थियो ।
वडाध्यक्ष रिजालको पार्थिव शरीर १२ बजेसम्म सभागृहमा राखिने, त्यसपछि पशुपतिमा अन्त्येष्टि
वडाध्यक्ष रिजालको पार्थिव शरीर १२ बजेसम्म सभागृहमा राखिने, त्यसपछि पशुपतिमा अन्त्येष्टि ११ बजेदेखि १२ बजेसम्म राष्ट्रिय सभागृहमा र १२ः३० बजेदेखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलीका लागि राखिने नेपाली कांग्रेस पार्टी कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यसपछि आज दिउँसो २ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम रहेको पौडेलले जानकारी दिए । रिजालको आज बिहान ७ः३० बजे ग्राण्डी अस्पतालमा निधन भएको थियो...
वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाट
वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाट धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रिजालको बिहीबार बिहान ७ः३० बजे निधन भएको थियो । वडाध्यक्ष रिजाललाई उपचारका लागि भदौ १७ गते सोही अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका रिजालको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा. विनोद विजुक्छेले बताए...
प्रशिक्षणको तयारीमा जसपा
प्रशिक्षणको तयारीमा जसपा जसअन्तर्गत ज्ञानबहादुर तामाङको अध्यक्षतामा ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार यसअघि मनबहादुर गुरुङको अध्यक्षतामा ३१ सदस्यीय तमुवान राष्ट्रिय समिति पुनर्गठन गरिएको थियो । 
हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ
हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ दुवै जनाबीच बुधबार बिहान सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कँदै गरेका अधिकारीलाई कटुवालले धकेल्दा लडेर उनी घाइते भएका थिए । गम्भीर घाइते अधिकारीलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो तर चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास राईले बताए ।
कांग्रेस सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था स्थिर, शल्यक्रिया गरियो
कांग्रेस सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था स्थिर, शल्यक्रिया गरियो उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री रिजालका अनुसार सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था स्थिर र चिकित्सकको निगरानीमा सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको  छ । पूर्वमन्त्रीसमेत रहेका यादवको टाउकामा गम्भीर चोट लागेको र सीटी स्क्यान गर्दा कुनै पनि आन्तरिक चोट नदेखिएको डा....
चीनमा सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध
चीनमा सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध चीनले विदेशी प्रविधिमा निर्भरता घटाउन र साइबर सुरक्षा बढाउनमा जोड दिँदै गर्दा यो कदम चालेको हो । चीनले कुनै पनि प्रकारको संवेदनशील जानकारी विदेशी ब्रान्डका उपकरणहरू मार्फत देशको सीमा बाहिर लैजान चाहँदैन । उसले सूचनालाई सीमित गर्न काम गरिरहेको छ। चीनले विदेशी ब्रान्डका फोनमार्फत जासुसी गर्न सकिने ठानेको छ ।
आन्तरिक पर्यटनको गन्तव्यस्थल ‘ऐनापहरा’
आन्तरिक पर्यटनको गन्तव्यस्थल ‘ऐनापहरा’ स्थानीय तहको दोस्रो निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने प्रयास गरेका छन् । गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको मनमोहक ऐनापहरा झरनालाई पर्यटकको विश्रामस्थल बनाउने उद्देश्य राखिएको छ । गाउँपालिकाको लगानीमा ऐनापहराका ढुङ्गामा गणेश, आमा र बच्चाको आकृति खोप्ने काम गरिएको छ । ढुङ्गामा आकृति देखिन थालेपछि यस...
वडा अध्यक्ष रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने
वडा अध्यक्ष रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने काठमाडौं महानगरपालिका वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने भएको छ ।
साफ च्याम्पियनसिप : भारतसँग पराजित भएसँगै बाहिरियो नेपाल
साफ च्याम्पियनसिप : भारतसँग पराजित भएसँगै बाहिरियो नेपाल नेपाल साफ यु–१६  च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा भारतसँग पराजित भएको छ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी बिहीबार
सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी बिहीबार चर्चित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी बिहीबारका लागि तोकिएको छ ।
Weather Update