हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ

ओखलढुङ्गा— हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८च्यानममाँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो ।
दुवै जनाबीच बुधबार बिहान सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कँदै गरेका अधिकारीलाई कटुवालले धकेल्दा लडेर उनी घाइते भएका थिए । गम्भीर घाइते अधिकारीलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो तर चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास राईले बताए ।
प्रहरीले कटुवाललाई बुधबार साँझ पक्राउ गरेर घटनाबारे अनुसन्धान थालेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० १०:१४