वडा अध्यक्ष रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने

काठमाडौं— काठमाडौं महानगरपालिका वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने भएको छ ।
निमोनियाबाट बिहीबार बिहान ग्राण्डी अस्पतालमा रिजालको मृत्यु भएकाे हाे ।
महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिएको जानकारी दिएको छ ।
गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० ०९:०९













