काठमाडौं महानगरका वडा अध्यक्ष मुकुन्द रिजालको मृत्यु

काठमाडौं— काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको मृत्यु भएको छ ।
उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा सचिव प्रकाश खड्काले जानकारी दिए ।
खड्काले न्यूजगृहसँग भने,‘वडा अध्यक्ष मुकुन्द रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । निमोनियाबाट उहाँको मृत्यु भएको हो ।’
डेंगु संक्रमण भएपछि रिजाललाई अस्पताल पुर्याइएको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० ०८:३३













