News Griha :: न्यूजगृह
साफ च्याम्पियनसिप : भारतसँग पराजित भएसँगै बाहिरियो नेपाल

काठमाडौं— नेपाल साफ यु–१६  च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा भारतसँग पराजित भएको छ । नेपाल भारतसँग १–० ले पराजित भएको हो ।

भारतको जितमा मोहम्मद अर्बाशले खेलको ३३औं मिनेटमा गाेल गरेका थिए । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाल प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्दै बाहिरिएको हो । पहिलो खेलमा नेपालले बंगलादेशसँग १–० को हार बेहोरेको थियो । 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०९:०२
Weather Update