News Griha :: न्यूजगृह
सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी बिहीबार

काठमाडौं— चर्चित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी बिहीबारका लागि तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम बहस पटक—पटक स्थगित हुँदै आएको छ ।

भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो ।

तर,सो मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि अदालतले बिहीबार लागि अर्को पेसी तोकेको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०८:५४
Weather Update