४ सयले सस्तियो सुन, प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार
काठमाडौं— सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला चार सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार चार सय ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार चार सय १० तोकिएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० ११:३४