
काठमाडौं— नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीले आफ्नो आसन्न चीन भ्रमणबारे सदनलाई महत्व नदिएको आरोप लगाएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै उनले प्रधानमन्त्रीले चीन भ्रमणबारे विभिन्न ठाउँमा भाषण गर्दै हिँडेको तर सदनमा कुनै पनि जानकारी नगराएको आरोप लगाए ।
‘प्रधानमन्त्री र परराष्ट्रमन्त्री आगामी चिन भ्रमणका बारेमा सार्वजनिक रुपमा भाषण दिदैँ हिँड्नु हुन्छ । तर संसद्लाई केही पनि थाहा नै छैन । हामीले प्रधानमन्त्रीको चीन भ्रमणको मिति र एजेण्डाहरू यो यो हुन सक्छ भनेर विभिन्न चर्चा र परिचर्चामा सुन्नुपर्छ,’ पन्तले भने, ‘प्रधानमन्त्रीलाई संसद्मा आएर संसद्को भावना बुझ्ने र चीन भ्रमणबारे छलफल गर्ने फुर्सद नै छैन् । यो विषयमा संसद्मा प्रष्ट पार्न माग गर्न चाहन्छु ।’
उनले प्रधानमन्त्रीको चीन भ्रमणको प्राथमिकता के हो त्यो समेत प्रष्ट नभएको दाबी गरे ।