काठमाडौं— परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणबारे एजेन्डा तयार भइनसकेको बताएका छन् ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा मन्त्री साउदले एजेन्डाहरूबारे छलफल भइरहेको बताए।
उनले कोभिडका कारण बन्द भएको चीनसँगको व्यापार नाका र परम्परागत नाका खोल्न आग्रह गर्ने विषयमा छलफल चलिरहेको बताए। 'सबै मन्त्रालयका सचिवहरूलाई बोलाएर भ्रमणको एजेण्डाबारे छलफल भइरहेको छ,' मन्त्री साउदले भने, 'पूरै एजेण्डा फाइनल स्टेजमा पुगिसकेको छैन। स्वास्थ्य, शिक्षा, कृषिलगायत क्षेत्र, कोभिडका कारण व्यापार नाका र परम्परा सीमा नाका खोल्ने विषयमा छलफल भइरहेको छ।'
उनले चीनले के के सहयोग गर्दैछ र कस्ता समझदारीमा हस्ताक्षर हुँदैछ भनेर कुरा गर्न हतार हुने बताए। प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणका लागि सेप्टेम्बर २३ मा चीन जाँदैछन्।