बङ्करमा लुकेका नेपाली विद्यार्थीलाई इजरायली सेनाले लैजाँदैछ सुरक्षित स्थलमा सोमबार, असोज २२, २०८०

दुर्व्यवहार अघि दुर्गा प्रसाईँले भनेका थिए— देशलाई तस्करीको अड्डा बनाइयो सोमबार, असोज २२, २०८० व्यवसायी दुर्गा प्रसाईँले उद्योगधन्दा र कलकारखाना सबै सिध्याएर देशलाई तस्करी गर्ने अड्डा र क्यासिनो खेल्ने ठाउँ जस्तो बनाइएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले अहिलेका दलहरूले देशलाई सुन तस्करी गरेर, उद्योगधन्दा कलकारखाना सबै सिध्याएर तस्करी अड्डा र क्यासिनो खेल्ने ठाउँ जस्तो बनाएको दाबी गरेका हुन् ।

शिक्षा विधेयक संशोधनका लागि दलहरूसँग छलफल गर्ने माओवादीको निर्णय सोमबार, असोज २२, २०८० नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रतिनिधि सभामा प्रक्रियामा रहेको विद्यालय शिक्षा विधेयक, २०८० संशोधनका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

चीनको सिशापाङ हिमपहिरोमा विश्व कीर्तिमानी आरोही तेञ्जेन शेर्पा बेपत्ता सोमबार, असोज २२, २०८० चीनको सिशापाङ हिमाल (८,०२७ मि) आरोहणका क्रममा गएको हिमपहिरोमा विश्व कीर्तिमानी आरोही तथा पथप्रदर्शक तेञ्जेन शेर्पा (लामा) बेपत्ता भएका छन् ।

इजरायल—हमास युद्ध : दुवै पक्षका गरी साढे एघार सयको मृत्यु, यी हुन् युद्धसँग जोडिएका पाँच कुरा सोमबार, असोज २२, २०८० इजरायलमाथि प्यालेस्टाइनी आतङ्कवादी समूहले शनिबार इजरायलमा आक्रमण गर्यो । अचानक रुपमा गरेको यो आक्रमणमा अहिलेसम्म हजारभन्दा बढीको मृत्यु भएको छ। सोही आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको पनि मृत्यु भएको छ ।आतङ्कवादी संगठन हमासको आक्रमणपछि इजरायलले आधिकारिक रूपमै युद्धको घोषणा गरेको छ । इजरायली इलाकामा सुरक्षाकर्मी र आतङ्कवादीबीच ४८ घण्टाभन्दा...

इजरायलमा १० नेपालीको मृत्यु घटनामा मंगलबार राष्ट्रिय शोक*को घोषणा सोमबार, असोज २२, २०८० इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
इजरायलमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्रीले गरे फोन सोमबार, असोज २२, २०८० इजरायलमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोन गरेका छन् ।साथीहरुसँगै रहेका विपिन सुवेदी प्रधानमन्त्री दाहालले सोमबार फोन गरेका हुन् । उनीहरुलाई प्रधानमन्त्रीले त्यहाँ सुरक्षित बस्न भनेका छन् ।

इजरायलमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन राष्ट्रपति पौडेलको आग्रह सोमबार, असोज २२, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपालीको उद्धार, स्वदेश फिर्ती र मृतकका परिवारलाई राहतलगायत विषयमा चासो व्यक्त गरेका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार, कालोमोसो दलियो सोमबार, असोज २२, २०८० सोमबार कान्तिपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाले दुर्व्यवहार गर्दै कालोमोसो दलेका हुन् । सार्वजनिक एक भिडिओमा प्रसाईँमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

दराजको दसैँ धमाका सुरु सोमबार, असोज २२, २०८० दसैँलाई लक्षित गर्दै दराज अनलाइन सपिङले ‘दराज दसैँ धमाका’ सार्वजनिक गरेको छ ।ग्राहकलाई चाडपर्वको किनमेलमा सहजता प्रदान गर्ने उदेश्यले सार्वजनिक भएको ‘दराज दसैँ धमाका’ अन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भउचर प्रप्त गर्न सक्नेछन् भने डेबिट तथा क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गरी थप छुटको फइदा लिन सक्नेछन् ।

इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले प्रयास गरिरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ सोमबार, असोज २२, २०८० गृहमन्त्री नारायणकाजी श्रेष्ठले इजरायलमा रहेका नेपालीलाई आफ्नै आमाको काखमा फर्काउन सरकारले प्रयास गरिरहेको बताएका छन् ।

इजरायलमा विद्यार्थी गुमाउँदा शोकमा सुदूरपश्चिम विश्वविद्यालय सोमबार, असोज २२, २०८० सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायबाट ‘अर्न एण्ड लर्न कार्यक्रम’ मार्फत इजरायल पुगेका पाण्डेले अगाडि भने,‘साइरनको त्यो ठूलो आवाजले सातो जान्छ । आकाशमा हेलिकोप्टर र फाइटर जेट निरन्तर उडिरहेका छन् । बंकरमा पनि सोचे जस्तै सहज केही छैन । न खाना न पानी अनि त्यो चिसो भुइँमा त्रासैत्रासमा बिताउनुको पीडाले नर्कमा...

माओवादी केन्द्रकाे संसदीय दलको बैठक सुरु सोमबार, असोज २२, २०८० नेकपा माओवादी केन्द्रकाे संसदीय दलको बैठक सुरु भएको छ ।









