काठमाडौं— दसैँलाई लक्षित गर्दै दराज अनलाइन सपिङले ‘दराज दसैँ धमाका’ सार्वजनिक गरेको छ ।
ग्राहकलाई चाडपर्वको किनमेलमा सहजता प्रदान गर्ने उदेश्यले सार्वजनिक भएको ‘दराज दसैँ धमाका’ अन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भउचर प्रप्त गर्न सक्नेछन् भने डेबिट तथा क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गरी थप छुटको फइदा लिन सक्नेछन् ।
असोज १७ गतेबाट लागु भएकाे ‘दराज दसैँ धमाका’मा ७० प्रतिशत सम्मको छुट, ७००० बराबरको भउचर जस्ता थुप्रै फाइदाहरू रहेको कम्पनीले जनाएको छ ।
यसका साथै अग्रिम भुक्तानीमा डेबिड कार्डको प्रयोगमा १५ प्रतिशत (१,५००सम्म) र क्रेडिट कार्डमा २० प्रतिशत (२,००० सम्म) को छुट, ३५०० भन्दा माथिको अग्रिम भुक्तानीमा कार्डको प्रयोग गर्ने ग्राहकले एक लाख बराबरको सपिङ भउचर पनि प्रप्त गर्ने मौका पाउनेछन् ।
‘दसैँ धमाका छुट र उपहार मात्र नभएर उत्कृष्ट अनलाइन सपिङ अनुभव सङ्गाल्दै जीवनमा उमङ्ग भर्ने अवसर पनि हो, त्यसैले दराज परिवार सम्पूर्णलाई ‘दराज दसैँ धमाका’ मा सहभागी भएर मौकाको फाइदा लिन आग्रह गर्दछ’ कम्पनीले भनेको छ ।