निसिखोला गाउँपालिका अध्यक्ष लागुऔषध मुद्दामा दोषी ठहर सोमबार, असोज २२, २०८०

राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने शान्ति समाजका ११ पक्राउ सोमबार, असोज २२, २०८० राष्ट्रपति कार्यालय शीतल निवास अगाडि सोमबार प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका ११ जना पक्राउ परेका छन् ।
इजरायलमा रहेका छोराको बाटो हेर्दै परिवार सोमबार, असोज २२, २०८० इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको छ ।भीमदत्त नगरपालिका–३ नागार्जुन टोल निवासी उनका परिवार छोरासँग सम्पर्क नहुन नसकेपछि चिन्तामा डुबेको हो । शनिबारपछि छोरासँग सम्पर्क नभएकाले आमा पदमा चिन्तित छिन् ।

इजरायलबाट नेपालीकाे शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा सोमबार, असोज २२, २०८० सरकारले इजरायलमा जारी द्वन्द्वमा परी मृत्यु भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ ।इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बसेको बैठकले सो निर्णय...

इजरायलबाट सुरजले पठाए प्रधानमन्त्रीलाई पत्र, भन्छन्— हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ सोमबार, असोज २२, २०८० इजरायलमा रहेका नेपाली विद्यार्थी सुरज भण्डारीले उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक कारुणिक पत्र लेखेका छन् ।अन्नपूर्ण गाउँपालिका—२ कास्कीका भण्डारीले हमासको आक्रमणका कारण इजराजयको स्थिति भयावह भएको पत्रमा उल्लेख गर्दै आफ्नो जतिसक्दो छिटो उद्धारका लागि सोमबार प्रधानमन्त्रीलाई अनुरोध गरेका हुन् ।उनले प्रधानमन्त्रीलाई लेखेको पत्रमा अत्यन्तै त्रासमा रहेको...

सुदूरपश्चिम सरकारले इजरायलमा मृत्यु हुने विद्यार्थीका परिवारलाई जनही २ लाख दिने सोमबार, असोज २२, २०८० सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही २ लाख दिने घोषणा गरेको छ ।सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन् । मुख्यमन्त्री शाहले शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

सरकारले तोकेभन्दा एक रुपैयाँ पनि बस भाडामा तलमाथि हुँदैन : सरोज सिटौला सोमबार, असोज २२, २०८० यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले टिकटको मूल्यमा कालोबजारी हुन नदिने, सवारी अभाव हुन नदिने र सरकारले तोकेभन्दा एक रुपैयाँ पनि भाडामा तलमाथि नगर्ने प्रतिबद्धता जनाएका छन् ।

इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह सोमबार, असोज २२, २०८० राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

काठमाडौं जिल्ला अदालतमा पारिवारिक इजलास सुरु सोमबार, असोज २२, २०८० प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलासले महिलाको लागि विश्वासिलो न्याय प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
इजरायल घटना : मृत्यु हुनेको संख्या ११ सय नाघ्यो, एकै स्थानमा भेटिए २६० शव सोमबार, असोज २२, २०८० इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेको संख्या ११ सय नाघेको छ ।गत शनिबार आक्रमण सुरु भएयता अहिलेसम्म ११ सय मानिसको मृत्यु पुष्टि भएको र १ लाख २३ हजार विस्थापित भएको संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
![नयाँ बसपार्कमा अग्रिम टिकट लिनेहरूको भीड [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/buspark-ticket-dashai5-1696831437.jpg)
नयाँ बसपार्कमा अग्रिम टिकट लिनेहरूको भीड [तस्बिरहरू] सोमबार, असोज २२, २०८० सरकारले दसैँ, तिहार तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

बसपार्कमा अग्रिम टिकट लिनेको भीड सोमबार, असोज २२, २०८० दसैँका लागि आज सोमबारदेखि अग्रिम बस टिकट खुलेसँगै गोगंबुस्थित नयाँ बसपार्कमा टिकट लिनेहरूको भीड लागेको छ ।
सोमबार बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ? सोमबार, असोज २२, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाला सुनको मूल्य १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।आइतबार छापावाल सुनको मूल्य एक लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ ।









