मनसुनी वायुको आंशिक प्रभाव बाँकी, यी पाँच प्रदेशमा वर्षाको सम्भावना मंगलबार, असोज २३, २०८०

विश्वकप क्रिकेटमा न्युजिल्यान्डको लगातार दोस्रो जित मंगलबार, असोज २३, २०८० न्युजिल्यान्डले विश्वकप क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । न्युजिल्यान्डले सोमबार नेदरल्याण्ड्सलाई ९९ रनले पराजित गरेको हो । विल योङ, रचिन रवीन्द्र र टम लाथमले अर्धशतक बनाएपछि न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ३२२–७ को स्कोर बनाएको थियो ।

टिस्टाको भीषण बाढीपछि इलामका १० जना एक सातादेखि सम्पर्कविहीन मंगलबार, असोज २३, २०८० सिक्किमको टिस्टा नदीमा बाढी आउँदा इलामका १० जना सम्पर्कविहीन भएका छन् । इलाम नगरपालिका- ९ का १० जना असोज १६ गतेदेखि सम्पर्कविहीन भएका हुन् । कामको खोजीमा सिक्किम पुगेकाहरूसँग हालसम्म सम्पर्क हुन नसकेको इलाम नगरपालिका- ९ का वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए ।

इजरायलमा रहेका २०० बढीले घर फर्किन नाम टिपाए, सम्पर्कविहीन एक जनाको खोजी जारी सोमबार, असोज २२, २०८० घाइते चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुई जनालाई तेल अबिबमा सुरक्षित राखिएको छ । दूतावासले जारी गरेको विज्ञप्तिअनुसार प्रहरी, अस्पताललगायत उपलब्ध स्थानीय संयन्त्रको सहयोगमा सम्पर्कविहीन भएका एकजना नेपालीको खोजीलाई तीव्र गतिमा अघि बढाइएको जनाएको छ ।

कांग्रेसले बोलायो संसदीय दलको बैठक सोमबार, असोज २२, २०८० कांग्रेस संसदीय दलले सोमबार एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो । बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

रसुवामा आलु बोकेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु‚ ५ घाइते सोमबार, असोज २२, २०८० मृत्यु हुनेमा आमाछोरिङ्मो-२ का अन्दाजी ३० वर्षीय फुर्पा छोवाङ‚ ४० वर्षीया पेम्बा डोल्मा तामाङ र अन्दाजी ३० वर्षीय अक्कलबहादुर तामाङ रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।
![इजरायलमा मारिएकाहरूको सम्झनामा दीप प्रज्वलन [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/12121-1696861678.jpg)
इजरायलमा मारिएकाहरूको सम्झनामा दीप प्रज्वलन [तस्बिरहरू] सोमबार, असोज २२, २०८०

सर्वदलीय बैठक : जतिसक्दो चाँडो इजरायलका नेपालीको उद्धार गर्न सरकारलाई सुझाव सोमबार, असोज २२, २०८० संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले छिटोभन्दा छिटो इजरायलमा रहेका नेपालीहरूको उद्धारमा लाग्न सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा उपस्थित राजनीतिक दलका नेताहरूले इजरायलमा अलपत्र नेपालीहरूलाई सुरक्षित स्थानमा लैजानका लागि सुझाव दिएका हुन् ।
![इजरायलमा ३२ नेपालीलाई सुरक्षित ठाउँमा सारियो [विवरणसहित]](https://newsgriha.com/uploads/posts/Gaza-City-1696850639.jpg)
इजरायलमा ३२ नेपालीलाई सुरक्षित ठाउँमा सारियो [विवरणसहित] सोमबार, असोज २२, २०८० इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ । उद्धार गरिएकाहरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअबिब क्षेत्रमा लगेको छ ।

इजरायल घटनापछि नेपाल प्रहरीले बढायो सुरक्षा सतर्कता, अप्रिय गतिविधि हुन नदिन निमित्त प्रहरी प्रमुखको निर्देशन सोमबार, असोज २२, २०८० इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली मारिएपछि नेपालमा उत्पन्न हुनसक्ने परिस्थितिप्रति नेपाल प्रहरीले समीक्षा गरेको छ । निर्दोष नेपाली विद्यार्थीको मृत्यु र घाइते भएको घटनापछि नेपालमा आक्रोश बढ्न सक्ने आकल सहित अप्रिय गतिविधि हुन नदिन प्रहरीले सतर्कता बढाएको हो ।

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई सरकारले १० लाख दिने सोमबार, असोज २२, २०८० मन्त्रिपरिषद्को सोमबारको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले स्वदेश फर्कन चाहनेहरु लाई नेपाल वायु सेवा निगम र हिमालयन एअरलाइन्सको विमान चार्टर गरी स्वदेश ल्याउने व्यवस्था गर्ने निर्णय गरेको छ ।

टेलिभिजनभित्र लुकाएर सुन ल्याउने एक जना पक्राउ सोमबार, असोज २२, २०८० मलेसियाबाट काठमाडौं आएका सिन्धुली घर भएका नवराज धामी ५१० ग्राम अवैध सुनसहित पक्राउ परेका हुन् । सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सुरक्षा जाँचका क्रममा उनी पक्राउ परेका हुन् । धामीमाथि अनुसन्धान जारी रहेको भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए ।

सिंहदबारमा सर्वदलीय बैठक सोमबार, असोज २२, २०८० बैठक सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी रहेको छ । इजरायलबाट नेपालीको उद्धारबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् । संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरू बैठकमा सहभागी छन् ।









