News Griha :: न्यूजगृह
इजरायलमा ३२ नेपालीलाई सुरक्षित ठाउँमा सारियो [विवरणसहित]

इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ ।

उद्धार गरिएकाहरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअबिब क्षेत्रमा लगेको छ ।

केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ । नौ जनालाई बेनी अमार कृषि फर्म, ११ जनालाई डेभिडियन कृषि फर्म, चार जनालाई कादोस फर्मबाट उद्धार गरिएको छ ।

यस्तै थप चार जनालाई रचमिम मुग्रबी फर्म र तीन जनालाई शोह्रासिम कृषि फर्मबाट उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

उद्धार गरिएकाहरूको नाम कार्यरत कृषि फर्म र नेपालको ठेगाना

बेनी अमार कृषि फर्म

रमेशबहादुर कार्की  (बाजुरा)

बिनोदप्रसाद साह  (रौतहट)

आभास भट्टराई  (कैलाली)

नरेशसिंह भण्डारी (कञ्चनपुर)

लोकेन्द्र बिष्ट (डडेल्धुरा)

रोहित नायक (कैलाली)

निरञ्जन कुमार कुसवाह (रौतहट)

अरबिन कुमार चौधरी (कैलाली)

उपेन्द्र जिसी (कैलाली)

डेभिडियन कृषि फर्म

ओमप्रकाश उपाध्याय (कैलाली)

गणेश साउद (कैलाली)

बादल सुवेदी  ( दाङ)

प्रविण जिसी (सुर्खेत)

गणेशप्रसाद जोशी (बैतडी)

नवीन घिमिरे (दाङ)

श्रेया तिवारी (चितवन)

बिपना जोशी  (कैलाली)

नारायण भुसाल (पर्वत)

मनिषा खनाल  (गुल्मी)

लुईस रिजाल (बर्दिया)

कादोस कृषि फर्म

अनुप अधिकारी (सिन्धुली)

समपर्ण आचार्य  (दाङ)

निश्चल पाण्डे (कैलाली)

प्रमोद भट्ट  (बैतडी)

रचमिम कृषि फर्म

बिभुसा अधिकारी  (चितवन)

सुस्मा रेग्मी (अछान)

रचना चौधरी ( कैलाली)

आशा मिश्र (कैलाली)

शोह्रसिम कृषि फर्म

कल्पना जोशी (कैलाली)

शिला कुमारी यादव (बर्दिया)

साधना बोहरा  (सल्यान)

बिपिन सुवेदी (दाङ)

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १९:३१
Weather Update