इजरायलमा नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री साउदले गरे संसदीय समितिमा ब्रिफिङ मंगलबार, असोज २३, २०८०

रुसका २७ ड्रोन खसालेको युक्रेनको दाबी मंगलबार, असोज २३, २०८० युक्रेनको वायु सेनाले मुलुकको दक्षिणी क्षेत्रमा रातभरमा रुसका ३६ मध्ये २७ ड्रोन खसालेको मंगलबार बताएको छ । युक्रेनी सेनाले दक्षिणी खेर्सान, माइकोलाइभ र ओडेसामा २७ वटा ‘साहेद–१३६/१३१’ ड्रोन खसालेको मेसेज प्लेटफर्म टेलिग्रामलाई बताएको छ ।

इजरायलमा रहेका ५५ नेपालीलाई सुरक्षित स्थानमा लगियो : परराष्ट्रमन्त्री साउद मंगलबार, असोज २३, २०८० परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका ५५ जना नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताएका छन् ।
व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न परराष्ट्रमन्त्री एनपी साउदकाे आग्रह मंगलबार, असोज २३, २०८० परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् ।इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीको अवस्थाका बारेमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै उनले यस्तो आग्रह गरेका हुन् ।

ताप्लेजुङमा आलु उत्पादन वृद्धि मंगलबार, असोज २३, २०८० ताप्लेजुङको हिमाली क्षेत्रमा यसवर्ष आलु उत्पादन वृद्धि भएको छ । केही वर्ष आलु उत्पादन घट्दै गएको थियो तर अहिले उत्पादन सुधार आएसँगै किसान उत्साहित भएका छन् ।
मंगलबार कति पुग्याे सुनचाँदीकाे मूल्य ? मंगलबार, असोज २३, २०८०

मानसिक स्वास्थ्यसँग जोडिएका अन्धविश्वास र लाञ्छना न्यूनीकरण गर्न आवश्यक छ : प्रधानमन्त्री दाहाल मंगलबार, असोज २३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता अन्धविश्वास लाञ्छना न्यूनीकरण गर्न आवश्यक भएको बताएका छन् ।मंगलबार विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा उनले समावेश समानतामूलक समाज निमाणका लागि मानसिक बिराम भएका मानिसमाथि लाञ्छना र भेदभावलाई मर्यादित र सम्बोधन गर्नुपर्ने बताए ।

अझै खुलेन तीन महिनादेखि अवरुद्ध बारपाक–लाप्राक सडक मंगलबार, असोज २३, २०८० पर्यटकीय गन्तव्य गोरखाको बारपाक र लाप्राक जोड्ने सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध छ ।वर्षा सुरु भएदेखि नै पहिरोले अवरुद्ध भएको सडक अझैसम्म पनि सञ्चालन हुन नसक्दा लाप्राकमा दैनिक उपभोग्य सामग्री पुर्याउनसमेत कठिनाइ भएको स्थानीयले बताएका छन् ।

मुढा बुन्न सिक्दै विद्यार्थी मंगलबार, असोज २३, २०८० म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदीले फुर्सदको समयमा मुढा बुन्न थालेकी छिन् । विद्यालयमा पढाइ नहुने खाली समयमा उनले बाँसको सिन्का र डोरीबाट घरमा बस्नका लागि उपयोगी हुने मुढा बुन्न लागेकी हुन् ।

बझाङमा भूकम्प मापकयन्त्र जडान मंगलबार, असोज २३, २०८० बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भू–गर्भ विभागका भूगर्भविद्ले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान थालेका हुन् ।सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान जारी रहेको नास्टका भूगर्भविद् डा.शिव सुवेदीले जानकारी दिए ।

घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए एक हजार जरिवाना मंगलबार, असोज २३, २०८० घरपालुवा कुकुरलाई जथाभावी दिशा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ ।सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहाेरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताइन् ।

जाजरकोटमा अरिंगालले टोकेर दुई बालिकाको मृत्यु मंगलबार, असोज २३, २०८० कुशे गाउँपालिका–१ धाउनीमा अरिंगालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् ।










