आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई सरकारले वार्तामा बोलायो मंगलबार, असोज २३, २०८०

'भेप'मार्फत सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयबाट सीआईबीमा फिर्ता मंगलबार, असोज २३, २०८० विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलले फिर्ता पठाएको छ । निर्देशनसहित फाइल फिर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले बताए ।

बागमती प्रदेश सभाको वर्षे अधिवेशन मध्यरातदेखि अन्त्य मंगलबार, असोज २३, २०८० बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको १२औं वर्षे अधिवेशन आज मध्यराति १२ बजेदेखि अन्त्य गरेका हुन् ।

राजस्व अनुसन्धान टोलीमाथि मिर्चैयामा ढुंगामुढा मंगलबार, असोज २३, २०८० मिर्चैया-५ संस्था चौकस्थित मुरारी साहको पसलमा गएको टोलीमाथि मंगलबार ढुंगामुढा भएको हो । राजस्व अनुसन्धान कार्यालयको टोलीले गरिरहेको अनुसन्धानको विरोध गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्गमा सिरहा मिर्चैया खण्ड मंगलबार दिउँसो करिब एक घण्टा आवागमन अवरुद्ध गरेका छन् ।

निजामती कर्मचारीको प्रश्न— हामीलाई न्याय कसले दिने ? मंगलबार, असोज २३, २०८० संघीय निजामती विधेयकमा असन्तुष्ट स्थानीय तहका कर्मचारीहरूले मंगलबार पनि राजधानीमा प्रदर्शन जारी राखेका छन् । मंगलबार माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरूले सरकारसँग न्यायको माग गर्दै उनीहरूको मुद्दामा सरकारको उपस्थिति खोजेका हुन् ।

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी थापा पक्राउ मंगलबार, असोज २३, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई बल्खुबाट पक्राउ गरेको हो । उच्च अदालत पाटनले गत असार ३ गते उनलाई बैकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै दुई दिन कैद हुने फैसला गरेको थियो ।
1691310877.png)
परराष्ट्रमन्त्रीले गरे इजरायलका समकक्षीसँग टेलिफोनमा कुराकानी, भने– सम्पर्कविहीन नेपालीको खोजीमा सहयोग गर्दिनुस् मंगलबार, असोज २३, २०८० परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका समकक्षी एली कोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन् । कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले इजरायली विदेशमन्त्री कोहेनसँग विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्युले स्तब्ध बनाएको बताए ।

मनसुन पूर्णरुपमा बाहिरिन अझै केही दिन लाग्ने मंगलबार, असोज २३, २०८० नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू–भाग भएर यही असोज १९ गते यस वर्षको मनसुन बाहिरिए पनि देशका अन्य भू–भागमा मौसम कायमै रहेको छ ।

यसवर्ष ८८.५ प्रतिशत मनसुनी वर्षा मंगलबार, असोज २३, २०८० नेपालमा यसवर्ष मनसुन अवधिमा ८८.५ प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा सरदरभन्दा कम वर्षा भएको छ ।

सरकारले वीर अस्पतालका कर्मचारी किन हटायो ? यस्तो छ स्वास्थ्यमन्त्रीको भनाइ मंगलबार, असोज २३, २०८० स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारी हटाइएको दाबी गरेका छन् ।

शेयर बजारमा १९.६ अंककाे गिरावट मंगलबार, असोज २३, २०८० शेयर बजारमा मंगलबार गिरावट देखिएको छ । नेप्से परिसूचक १९.६ अंकले घटेर एक हजार आठ सय ८९.५९ को बिन्दुमा कायम भएको छ ।विभिन्न दुई सय ८२ कम्पनीका ४२ लाख ८७ हजार चार सय २४ कित्ता शेयर ४४ हजार ६९ पटक खरिदबिक्री हुँदा एक अर्ब २८ करोड ३१ लाख ८२...

टीआरसी विधेयकमा ४ वटा विषय पूर्ण समितिबाट टुंगो लगाउन सुझावसहित उपसमितिले बुझायो प्रतिवेदन मंगलबार, असोज २३, २०८० संक्रमणकालीन न्यायसँग सम्बन्धित (टीआरसी) विधेयक टुंगोमा पुर्याउन गठन भएको संसदीय उपसमितिले कानुन, न्याय तथा मानव अधिकार समितिलाई प्रतिवेदन बुझाएको छ ।बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन गर्न बनाइएको विधेयकमा राजनीतिक दलकासँग केही विषयमा सहमति गरी ४ वटा विषय पूर्ण समितिबाटै टुंगो लगाउनुपर्ने रायसहितको प्रतिवेदन...
कांग्रेसले कोशीमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने मंगलबार, असोज २३, २०८० नेपाली कांग्रेसले कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । मंगलबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराईमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय लिएको हो ।बैठकपछि मीन विश्वकर्माले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कोशीमा कांग्रेसकै...









